काठमाडौं महानगरपालिकाका प्रमुख शाक्य कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमित भएका छन् ।

दुई दिनअघि स्वाब परीक्षणका लागि ग्राण्डीस्थित प्रयोगशाला पुगेका उनमा सोमवार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्य र उनकी श्रीमति दुबै जना अस्वस्थ भएपछि ग्राष्डि अस्पताल पुगेको र शाक्यमा कोरोना संक्रमण देखिएको हो ।

शाक्यमा कोरोना संक्रमण देखिएपनि श्रीमतिमा भने कोरोना नेगेटिभ आएको बताइएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि शाक्य अहिले होम आइसोलेशनमा बसिरहेका छन् ।

यसअघि वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयी सरावगी पनि कोरोना संक्रमित भएका थिए । उनी झन्डै २० दिनपछि स्वस्थ भएर नियमित काममा फर्केका छन् । 

Last modified on 2020-08-31 19:04:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts