४ वर्षीया बालिकासहित थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं, १५ भदौ । नेपालमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ वर्षीया बालिकासहित थप ७ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार महोत्तरीका ४ वर्षीया बालिका, गोरखाका ६५ वर्षीया बालिका, रुपन्देहीका ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुया, चिवतनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।