नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ हजार नाघ्यो, ३९ हजारभन्दा बढी संक्रमित



Download our app to get more features

काठमाडौं, १५ भदौ । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २१ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ५ सय ८८ जना कोरोना संक्रमणपछि निको भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४ सय १० पुगेको जानकारी गराए ।

यस्तै नेपालका विभिन्न ४६ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि उनले बताए ।

प्रवक्ता डा गौततले ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष गरि ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको जानकारी दिए ।

यस्तै हाल नेपालभर एक सय ३२ जना आईसीयूमा उपचाररत रहेका छन् भने १६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

Last modified on 2020-08-31 16:29:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts