'निषेधाज्ञा हुनुभन्दा पहिलाकै कोरोना सङ्क्रमित अहिले देखिएका हुन', सहप्रवक्ता अधिकारी



Download our app to get more features

काठमाण्डौ, १५ भदौ । कोरोना सङ्क्रमणको एउटा चक्र पार गर्न कम्तीमा २० दिन लाग्ने भएकोले निषेधाज्ञाको समयमा पनि सङ्क्रमित बढेको जस्तो देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।

मान्छेको आवतजावत कम भएर सङ्क्रमणको दर कम हुन सरदर २० दिनको समय लाग्ने भएकोले निषेधाज्ञाको दुई हप्तासम्ममा पनि सङ्क्रमणको दर बढिरहेको जस्तो देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।  

यो सङ्क्रमण निषेधाज्ञा हुनुभन्दा पहिलेको नै भएको उनको भनाइ छ । १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरुमा लक्षण देखिने बेला यही भएकोले सङ्क्रमणदर बढेको जस्तो देखिएको उनले बताए । 

 बीस दिनपछि अर्को चक्रबाट सङ्क्रमणको दरलाई गुणात्मक वृद्धिलाई घटाउँदै लैजान सकियो भने सङ्क्रमण न्यूनिकरण गर्न सहज हुनेछ । यस्तै यसबीचमा परीक्षणको दायर बढेकाले पनि सङ्क्रमित संख्यात्मक हिसाबले बढी देखिएको उनले बताए ।

कुन ठाउँमा सबैभन्दा धेरै सङ्क्रमितको संख्या बढिरहेको छ भनेर पत्ता लगाउनका लागि पनि निषेधाज्ञा गर्नुपरेको मन्त्रालयका सह(प्रवक्ता डाक्टर अधिकारीले बताए । यसबीचमा सरकारले आइसोलेशन, भेन्टिलेटर, बेडलगायत पूर्वाधार विकासका कामहरु गरिरहेको जानकारी दिएकाछन् । 

कोरोनासँग लड्न जनस्वास्थ्यका मापदण्ड पालन गर्नुको अर्को विकल्प नभएकोले त्यही अनुसारको व्यवहार परिवर्तन गर्न आग्रह गरेकाछन् ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको समयमा आइतबार मात्रै ४ सय २९ जना सङ्क्रमित थपिएका छन् । काठमाण्डौ उपत्यकामा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या साढे ५ हजार पुगेको छ ।  

Last modified on 2020-08-31 10:37:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts