चायाँ किन पर्छ ? उपचार कसरी गर्ने ?



Download our app to get more features

पालमा चायाँ पर्नु हिजोआज सामान्य समस्याको रुपमा देखापरेको छ । यस्तो लाग्छ कपालको सबैभन्दा ठूलो शत्रु नै चायाँ हो । कपालमा चायाँ पर्दा मानिसको व्यक्तित्वमा समेत नराम्रो प्रभाव पर्न गएको हुन्छ । मानिस जती नै स्वस्छ तथा सुन्दर भएर हिडेको नै किन नहोस् तर उसको कपालमा देखिने चायाँले लाजमर्दो समेत बनाउन सक्छ । कपालमा चायाँ पर्नु भनेको कपालको समस्याले नभई छालाको समस्याका कारण उत्पन्न हुने समस्या हो । 

कपालमा हेयर फोलीकको छेउमा सिवेसीयस ग्रन्थी रहेको हुन्छ । चायाँ भनेको सिवेसियस् ग्रन्थीबाट निस्कने एक प्रकारको पदार्थ हो । जसलाई सिवोरीया क्यापिटिज भनिन्छ । यसले कहिलेकाहीँ छालामा पनि असर गर्छ । यदि छालामा असर गर्यो भने यसलाई सिवोरीस डर्माटाइटिस भनिन्छ । जसले गर्दा कपालमा कत्ला जस्तो भएर बस्ने हुन्छ । सिवोरीयामा ‘मालेसिसेज फरफर’का साथै ‘पिटाइरोप्रोरीयम ओभल’को विकास भएर पनि हुन्छ । यसले गर्दा मानिसको कपालमा चाँया पर्ने हुन्छ । 

टाउकोमै किन चाँया पर्छ भन्ने प्रश्न सबैको मनमा रहेको हुन्छ । किनभने टाउकामै धेरै मात्रामा कपाल रहेको हुन्छ । जसका कारण सिवेसियस ग्रन्थी पनि बढी मात्रामा रहेको हुन्छ । टाउकोमा कपाल र ग्रन्थी धेरै हुने हुँदा शरीरका अन्य भागको तुलनामा कपालमा धेरै चाँया पर्ने हुन्छ ।

एक वर्षभन्दा कम उमेरको वच्चामा पनि यस्तो समस्या हुनु सामान्य हो । बच्चामा चाँया टोपी जस्तो बनेर बस्ने हुँदा यसलाई ‘क्याडल क्याप’ पनि भनिन्छ । उमेर बढ्दै जाँदा हर्मोनका कारण १२/१३ वर्षको उमेरमा चायाँ देखिन थाल्छ साथै, सिवेसियस ग्रन्थी कै कारण डण्डीफोर पनि देखिन्छ । यस्तो अवस्थामा कपालमा चिल्लो पदार्थ बढी मात्रामा देखिन्छ । र कपालमा चाँया प्याचप्याच भएर आएको हुन्छ । यो चाँया नभएर दाद पनि हुन सक्छ । त्यसैले बच्चामा आउने चायाँलाई छुट्टाएर हेर्नुपर्ने हुन्छ । ठूलो मानिसमा पनि टाउकोको सोरियासिससँग छुट्टाएर हेर्नुपर्ने हुन्छ । 

चायाँ टाउकोबाहेक आँखीभाउ, आँखाको ढकनी वरिपरि तथा नाकको छेउछेउमा समेत देखिन्छ । यसले कहिलेकाहीँ कानको पछाडी भागलाई पनि असर पारेको हुन्छ । रौंको मात्रा दारीमा पनि हुने हुदा यसको समस्या कसैकसैलाई दाह्री, जुँगामा पनि रहेको हुन्छ । यसमा आफै पनि बन्नसक्ने र कपालबाट झरेर पनि हुनसक्छ । यसले छालालाई असर गरेमा सिवोरिस डर्माटाइटिस भएर छाती र ढाडमा पनि आउन सक्छ । कहिलेकाहीँ रोग प्रतिरोधात्मक क्षमतामा ह्रास भएर पनि समस्या उत्पन्न हुनसक्छ । 

यसको लागि एन्टी फङ्गल किटोकोटाजोल जस्ता स्याम्फूहरुको प्रयोग गर्नुपर्ने हुन्छ । सेलिसेलिक स्याम्पू बच्चामा एक प्रतिशत र वयस्कमा २ प्रतिशत प्रयोग गर्दा राम्रो मानिन्छ । एक वर्षभन्दा कम उमेरको बच्चाको लागि वेवि सेम्फुको प्रयोग गर्न सकिन्छ । चायाँ अलि बाक्लो भरएर बसेमा हल्का मिनरल तेल लगाएर पनि निकाल्न सकिन्छ । साथै समस्या धेरै देखिएमा एन्टी फङ्गल औषधीको सेवन समेत गर्नुपर्ने हुन्छ ।
 

डा. घिमिरेसँग बासुदेव न्यौपानेले गरेको कुराकानीमा आधारीत 

Last modified on 2016-12-11 14:54:18

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts