भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

चितवन, १५ भदाै । भरतपुर अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।

अस्पतालकाे सघन उपचार कक्ष (काेभिड आइसीयू)मा उपचाररत भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय पुरूषकाे साेमबार बिहान ७:२० बजे मृत्यु भएकाे अस्पतालका काेभिड- १९ क्लिनिकल संयाेजक डा. प्रमोद पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनका अनुसार भदाै ६ गते अस्पताल भर्ना भएका ती वृद्वकाे भदाै २ गते नै काेराेना भाइरस संक्रमण पुष्टि भएकाे थियाे ।

संक्रमण पुष्टि भएपछि हाेम आईसाेलेशनमा बस्दै आएका उनकाे स्वास्थ्यमा समस्या देखिन थालेपछि अस्पताल ल्याइएकाे थियाे । संयाेजक डा. पौडेलका अनुसार ती पुरुषमा निमोनियासँगै श्वासप्रश्वासमा समेत गम्भीर समस्या देखिएकाे थियाे ।

उता यसअघि भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा भरतपुर महानगरपालिका ११ का ५२ वर्षीय संक्रमित पुरुषको उपचारकाे क्रममा आइतवार दिउँसो मध्याह्न १२ बजे मृत्यु भएकाे थियाे । शनिवार बिहान यहीँ अस्पतालमा एक जना काेराेना संक्रमित महिला र साँझ एक जना पुरूषकाे पनि मृत्यु भएकाे थियाे ।

उता शुक्रवार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र श्री पुष्पाञ्जली हस्पिटल प्रालिमा समान एक/एक जना गरी चितवनमा तीन जना काेराेना संक्रमितकाे मृत्यु भएकाे थियाे । शुक्रवार, शनिवार, आइतवार र साेमबार बिहानसम्म गरी चार दिनमा चितवनमा ७ जनाकाे मृत्यु भएकाे छ । ती मध्ये चितवन मेडिकल कलेजमै उपचाररत चार जनाकाे मृत्यु भएकाे हाे । त्यसैगरि भरतपुर अस्पतालमा उपचाररत दुई जनाकाे मृत्यु भएकाे हाे ।

याेसँगै अहिलेसम्म चितवनमा १३ जना संक्रमितकाे ज्यान गएकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या छ पुग्याे । त्यस्तैगरि यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका सात जनाकाे मृत्‍यु भईसकेकाे छ ।

Last modified on 2020-08-31 10:40:13

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts