काठमाण्डौ उपत्यकाका १८ अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै



Download our app to get more features

काठमाण्डौ, १४ भदौ । काठमाण्डौं उपत्यकाका विभिन्न १८ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ। 

स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयका अनुसार १८ वटा अस्पतालका आइसोलेसनमा १ हजार २ सय ३२ संक्रमितको उपचार भइरहेको छ। उपपत्यकाका सबै १८ अस्पतालमा ६२ जना संक्रमितको आइसियुमा र ९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

मन्त्रालयको तथ्यांक अनुसार त्रिवि शिक्षण अस्पतालमा, शसस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल र धुलिखेल अस्पतलमा १/ १ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। ग्रान्डीमा २ र ह्याम्समा ३ जना भेन्टिलेटरमा उपचाररत छन्।

सबैभन्दा बढी आइसियुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १७ जनाको उपचार भइरहेको छ। वीरेन्द्र अस्पतालमा १५, ह्याम्समा १०, शसस्त्र प्रहरी अस्पतालमा ६, त्रिवि शिक्षण अस्पतालमा ५, पाटनमा ५, वीरमा २ काठमाण्डौं मेडिकल कलेज र नेपाल प्रहरी अस्पतालमा १र१ जना आइसियुमा उपचाररत छन्।

सबैभन्दा बढी नेपाल प्रहरी अस्पतालमा २ सय २९ जना संक्रमित आइसोलेसनमा उपचाररत छन्। त्यसपछि दहचोकमा रहेको महेश मनमोहन अस्पतालमा २ सय १७, शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १ सय २३, किर्तिपुर आयुर्वे अस्पतालमा १०९, पाटन अस्पतालमा ९०, त्रिवि शिक्षण अस्पतालमा ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३१, काठमाण्डौं मेडिकल कलेजमा ४१ र वीरेन्द्र अस्पतालमा ७५ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ।

यस्तै, भक्तपुर अस्पताल कोभिड उपचार केन्द्रमा ९, खरिपाटी आइसोलेसन सेन्टरमा २६, वीर अस्पतालमा ३७, ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा १२, यती अस्पतालमा १ र ह्याम्स अस्पतालमा २१ जना संक्रमित आइसोलेसनमा छन्।

स्वास्थ्य मन्त्रालयले काभ्रेका तीन अस्पताल धुलिखेल, शीर ममोरियल र स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रलाई पनि उपत्यकाका अस्पतालको तथ्यांकमा राखेको छ। जसअनुसार धुलिखेल अस्पतालमा ४७, शीर मेमोरियलमा ८ र स्पाइनल इन्जुरीमा ९३ जना संक्रमित आइसोलेसनमा छन्।

Last modified on 2020-08-30 21:32:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts