फार्मेसी काउन्सिलले प्रदेशस्तरीय परीक्षा गर्ने

काठमाण्डौ, १४ भदौ । नेपाल फार्मेसी काउन्सिलले दर्ता परीक्षामा सहभागी हुन नपाएका व्यक्तिले अत्यावश्यक पेसागत सेवा प्रवाह गर्नुपरेमा काउन्सिलमा दर्ता भएका फर्मासिष्टको मातहतमा रही सेवा गर्न सहमतिपत्र प्रदान गरिने जनाएको छ।
नेपाल फार्मेसी काउन्सिलका रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले काउन्सिलको भदौ १३ गतेको कार्यसमिति बैठकले १५औँ नामदर्ता परीक्षाका लागि छिट्टै सूचना प्रकाशित गरिने बताएका छन्।
काउन्सिलको १५औँ नामदर्ता परीक्षा बहुकेन्द्र (प्रदेशस्तरीय) हुने र त्यसका लागि तालिका, समय एवं केन्द्रको जानकारी सहितको अर्को सूचना प्रकाशित गरिने उनले बताए।
काउन्सिलले काठमाडौँंमा बसोबास गरिरहेका अन्य प्रदेशका (फर्मासिष्ट, सहायक फर्मेसी) आवेदकहरुको हकमा काठमाडौंमा परीक्षा केन्द्र पायक पर्ने अवस्थामा परीक्षाको रोल नम्बर, नाम र फर्मासिष्ट, सहायक फर्मेसी खुलाई सूचना प्रकाशित भएको ७ दिनभित्र पत्राचार गर्न सूचित गरेको छ।