सरकारले ११ सयले घटायो पिसिआर परीक्षण शुल्क

होटेल आइसोलेशन सम्बन्धी निर्देशिका तयार पार्न स्वास्थ्य सेवा विभागलाई निर्देशन

Download our app to get more features

काठमाडौं, १४ भदौ । सरकारले कोरोना परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरटी पिसिआर परीक्षण गर्दा लाग्ने शुल्क ११ सय रुपैयाँले घटाएर ४ हजार ४ सय रुपैयाँ निर्धारण गरेको हो ।

यसअघि मन्त्रालयले प्रयोगशालाहरुका लागि कोभिड १९ को आरटी पिसिआर परीक्षणवापत ५ हजार ५ सय शुल्क तोकेकोमा अब ४ हजार ४ सय रुपैयाँ लिन पाउने जनाएको छ ।

यस्तै गुृणस्तर मापन तथा नियमत महाशाखाले विभिन्न प्रयोगशालाहरुले तोकिएको भन्दा धेरै शुल्क लिने गरेको, अन्य विधिबाट परीक्षण गरी आरटी पिसिआरबाट परीक्षण गरिएको भनि नतिजा दिने गरेको तथा फल्स पोजेटिभ नतिजा र प्रयोगशाला परीक्षणको गुणस्तर नियमन के कसरी भइरहेको छ सोको अनुगमन तथा नियमन कडाईका साथ गर्ने निर्णय गरेको छ ।

यसैगरी स्वास्थ्य सेवा विभागले उपत्यका भित्रका होटेलहरुलाई आइसोलेशन सम्बन्धी व्यवस्थाका लागि सूचिकृत गर्ने भएको छ । मन्त्रालयले तोकेका आइसोलेशन केन्द्रहरुमा बेड अभावहरु भएमा तोकिएको शुल्क (दुई हजारप्रति व्यक्ति) सम्बन्धीत होटेललाई भुक्तानि गर्ने गरी विभागले संक्रमितहरुलाई राख्ने गरी व्यवस्थापन गर्न जिम्मेवारी दिइएको छ ।

आइसोलेशन सम्बन्धी जिम्मेवारी पाएको विभागलाई मन्त्रालयले होटेल आइसोलेशन सम्बन्धी निर्देशिका तयार गरी पेश गर्न पनि निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts