कोरोना विशेष अस्पतालको समन्वयबिना बिरामी रेफर गर्दा त्यसको जिम्मा अस्पतालले नै लिनुपर्ने



Download our app to get more features

काठमाडौं, १४ भदौ । सरकारले कोभिड विषेश अस्पतालसँगको सहकार्यमा मात्रै बिरामी रेफर गर्न आग्रह गरेको छ ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले कुनैपनि अस्पताल वा स्वास्थ्य संस्थाले बिरामी रेफर गर्दा कोभिड विशेष अस्पतालको समन्वयमा मात्रै रेफर गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिरामीलाई अस्पतालले रेफर गर्दा कोभिड डेडिकेटेड हस्पिटलसँग समन्वय नगरि रेफर गरेमा बिरामीको जिम्मा अस्पतालले नै लिनुपर्ने बताए ।

उनले कोभिड विशेष अस्पतालमा बेड खाली भए नभएको थाहा नै नपाई बिरामीलाई स्वास्थ्यकर्मी बिनै एम्बुलेन्सबाट रेफर गर्दा बिरामीलाई केही भएमा त्यसको जिम्मा रेफर गर्ने अस्पतालले नै लिनुपर्ने प्रष्ट पारे ।

पछिल्लो समय नेपालमा बिरामी रेफर गर्दा कोरोना विशेष अस्पतालसँग समन्वय नगरेको र स्वास्थ्यकर्मीको रेखदेख बिनै रेफर गर्दा बिरामीको मृत्यु हुन थालेकोले त्यसो नगर्न पनि डा गौतमले आग्रह गरे । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts