स्वास्थ्यकर्मीहरुका लागि अस्पतालमै क्वारेन्टाइनको व्यवस्था गर्न मन्त्रालयको सर्कुलेसन



Download our app to get more features

काठमाडौं, १४ भदौ । स्वास्थ्यकर्मीहरुका लागि अस्पतालमै क्वारेन्टाइनको व्यवस्था गर्न सरकारले सर्कुलेसन जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अस्पतालमा बिरामीको उपचारमा खटिने सबै नर्स, चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरुलाई सम्बन्धीत अस्पतालमै क्वारेटाइनको व्यवस्था गर्न सर्कुलेसन जारी गरिएको बताए ।

क्वारेन्टाइन व्यवस्थापनको खर्च भने सम्बन्धीत अस्पतालले स्वास्थ्य मन्त्रालयमा सोध भर्ना गर्न सक्ने व्यवस्था समेत गरिएको डा गौतमले जानकारी गराए । 

उनले यदि अस्पतालले त्यसो नगरे मन्त्रालयमा जानकारी गराउन पनि आग्रह गरे ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts