चितवन र रुपन्देहीमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, १४ भदौ । चितवन र रुपन्देहीमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका ११ का ५२ वर्षीय संक्रमित पुरुषको उपचारको क्रममा आइतवार दिउँसो मध्याह्न १२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । ती पुरुषलाई भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएको थियो । भदौं ४ गते भर्ना भएका उनको भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशक डा. लम्सालका अनुसार ती पुरुषमा निमोनियासँगै श्वासप्रश्वासमा समेत गम्भीर समस्या देखिएको थियो । 

शनिवार बिहान मात्रै एक जना कोरोना संक्रमित महिला र साँझ एक जना पुरूषको मृत्यु भएको थियो । उता शुक्रवार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र श्री पुष्पाञ्जली हस्पिटल प्रालिमा समान एक/एक जना गरी चितवनमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो । शुक्रवार, शनिवार र आइतवार दिउँसोसम्म गरी तीन दिनमा चितवनमा छ जनाको मृत्यु भएको छ । ती मध्ये चितवन मेडिकल कलेजमै उपचाररत चार जनाको मृत्यु भएको हो ।

योसँगै अहिलेसम्म चितवनमा १२ जना संक्रमितको ज्यान गएको छ । त्यो मध्ये जिल्ला भित्रका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या पाँच छ । त्यस्तैगरि यहाँ उपचारको क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका सात जनाको मृत्यु भईसकेको छ ।

यस्तै, बुटवलको कोरोना विषेश अस्पतालमा आइतबार थप एक जना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा ज्वरो, स्वास्प्रश्वासमा समस्या, दिर्घ रोग, मुटु रोग, मधुमेह र प्रेसर रहेको अस्पताल प्रशासनले जनाएको छ । ती पुरुष शनिवार बिहान मात्रै कोरोना अस्पतालमा भर्ना भएका थिए ।

Last modified on 2020-08-30 16:15:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts