गण्डकी प्रदेशमा कोरोना संक्रमित २१२३ पुगे, मृतकको सख्या १३

पोखरा, १४ भदौ । गण्डकी प्रदेशमा आइतबार निकालिएको दोस्रो विज्ञप्ति अनुसार प्रदेशभर कोरोना संक्रमितको संख्या २१२३ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा तनहु भानु नगरपालिकाका २२ जना पुरुष र वाग्लुङका २ जना महिला गरि थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१२३ पुगेको हो ।
बाग्लुङ तामानखोला की एक महिला स्वास्थ्यकर्मी रहेको र अर्को महिला स्थानीय ब्यापारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार भानु नगरपालिका तनहुका सबैजना कन्ट्याक ट्रेसिङमा परेकाहरुका कोरोना पुष्टि भएको हो ।
सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १६९३ रहेको छ भने प्रदेशभर १३ जनाले ज्यान गुमाईसकेका छन् ।