चितवनमा गरिएकाे परीक्षणमा १३ जिल्लाका गरि थप ४३ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, १४ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा १३ जिल्लाका गरि थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

शनिवार राती १२ बजेसम्म गरिएकाे परीक्षणकाे नतिजा अनुसार १३ जिल्लाका गरि थप ४३ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् । त्यस मध्ये चितवन जिल्लाका २९ जना छन् । उनीहरू भरतपुर महानगरपालिकाका २७ र खैरहनी नगरपालिकाका २ जना हुन् ।

प्रयाेगशालाका अनुसार अन्य जिल्लाका संक्रमित पुष्टि हुनेहरूमा तनहुँ र झापाका समान दुई/दुई जना छन् । त्यस्तैगरि नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, बाग्लुङ र बाराका समान एक/एक जना गरी दश जना छन् । उनीहरू मध्ये धेरैजसाे यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीहरू छन् ।

शनिवार प्रयाेगशालामा राति १२ बजेसम्म ४ सय ७२ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती ४३ जनामा संक्रमण देखिएकाे हाे । बाँकी ४ सय २९ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशालाकी प्रमुख डा. अधिकारीले बताइन् । उनीहरूकाे नतिजा आइतवार बिहान सार्वजनिक गरिएकाे हाे ।

भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा उनीहरूकाे स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

उता शनिवार साँझसम्म प्राप्त नतिजा अनुसार यहाँस्थित चितवन मेडिकल कलेजको कोभिड प्रयाेगशालामा ६५ जना र भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालाबाट धुलिखेल परीक्षण प्रयोगशालामा पठाईएका नमुना मध्येबाट प्राप्त नतिजामा १२ जना सहित थप ७७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

त्यसमध्ये ७३ जना चितवनका छन् । त्यस मध्ये पनि पूर्वी चितवनको रत्ननगर नगरपालिका–४ मा रहेकाे शिवशक्ति खाद्य उद्योगमा कार्यररत कर्मचारी ३५ जना पुरुष र २ जना महिला सहित ३७ जनामा संक्रमण पुष्टि भएको हो । अन्य बाँकी चार जना जिल्ला बाहिरका हुन् ।

उता शनिवार साँझसम्म चितवनमा ११ जना संक्रमितकाे ज्यान गएकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या चार छ । त्यस्तैगरि यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका सात जनाकाे मृत्‍यु भएकाे हाे ।

Last modified on 2020-08-30 10:37:16

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts