कोरोना संक्रमितको उपचारमा खटिदा डेरामा जान कसैले अवरोध गरे ११४९ मा खबर गरौं



Download our app to get more features

काठमाडौं, १४ भदौ । सरकारले कोरोना संक्रमितको उपचामार खटिनेलाई डेरा वा घर जान अवरोध गरे ११४९ मा खबर गर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा र घरमा आउजाउ गर्नमा अवरोध गर्नेलाई ११४९ वा एक सयमा जुनसुकै बेलामा खबर गरी जानकारी गराउन आग्रह गरेको हो ।

महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

उनले देशका विभिन्न भागमा उच्श्रृखल गर्नेहरुलाई कारबाहीका लागि उजुरी गर्न भनि भनेका छन् ।

यता सरकारले भदौ ७ मा नै स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न भनेर निर्देशन दिएको थियो । तर, निर्देशन दिएको ८ दिनसम्ममा कसैमाथि कारबाही भएको छैन ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले उजुरी नै नआएकाले कारबाही नगरिएको बताए । कतिपय स्थानमा स्थानीय सरकार मातहत उजुरी गरेर त्यो समस्या वा घटनाको छिनोफाने त्यहि हुने हुँदा लिखित रुपमा कारबाहीको उजुरी नआएको कडायतको भनाइ छ ।

उनले भने ‘हालसम्म लिखित रुपमा कारबाहीका लागि उजुरी आएको छैन । तर, कतिपय अवस्थामा स्थानीय सरकारको न्यायिक समितिमा उजुरी हुने र प्रहरीकै सहभागितमा समस्याको छिनोफानो हुने गरेको छ । त्यसकारण यति नै भनेर कारबाही गरिएको छैन ।’

उजुरी नआएपनि प्रहरीले सूचनाको आधारमा कारबाही गर्न सक्ने प्रावधान रहेको हुनाले हालसम्म भएका दुर्व्यवहारका घटनामा प्रहरीले घटनाबारे बुझेर एक पटकलाई सम्झाई बुझाइ गर्दै चेतावनी दिएर छोडिएको तर कारबाही भनेर जेलमै हाल्ने वा सजाय सुनाउने प्रहरीको अधिकार नभएको हुनाले अनुसन्धान भने गर्ने गरिएको प्रवक्ता कडायतको भनाइ छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts