चितवनमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु, दुई दिनमै पाँच जनाकाे ज्यान गयाे



Download our app to get more features

चितवन, १४ भदाै । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ का ६२ वर्षीय संक्रमित पुरुषको उपचारकाे क्रममा शनिबार साँझ करिब छ बजेतिर मृत्यु भएको अस्पतालले जनाएकाे छ । ती पुरुषलाई भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएकाे थियाे । अस्पतालका अनुसार भदौं ४ गते भर्ना भएका ती पुरुषमा निमोनियासँगै श्वासप्रश्वासमा समेत समस्या देखिएकाे थियाे ।

शनिवार बिहान यहीँ अस्पतालमा एक जना काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे थियाे । उता शुक्रवार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र श्री पुष्पाञ्जली हस्पिटल प्रालिमा समान एक/एक जनागरि चितवनमा तीन जना काेराेना संक्रमितकाे मृत्यु भएकाे थियाे । शुक्रवार र शनिवार गरी दुई दिनमा चितवनमा पाँच जनाकाे मृत्यु भएकाे छ । ती मध्ये चितवन मेडिकल कलेजमै उपचाररत तीन जनाकाे मृत्यु भएकाे हाे ।

याेसँगै अहिलेसम्म चितवनमा ११ जना संक्रमितकाे ज्यान गएकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या चार छ । त्यस्तैगरि यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका सात जनाकाे मृत्‍यु भईसकेकाे छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts