एन्फा आइसोलेसनमा विभिन्न सामाग्री सहयोग

रुपन्देही, १३ भदौ । बुटवल स्थीत एन्फा आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्ने सामाग्रीहरु विभिन्न ब्यक्तित्वहरु तथा सामाजीक सस्थाहरुले सहयोग गरेका छन । आइसोलेसन केन्द्रमा योग शिक्षा प्रदान गर्दै आएका विष्णुहरि आचार्य योगीराजले पछिल्ला दिनहरुमा विभिन्न निकायबाट सहयोग जुट्दै गएको बताए ।
आचार्यले कोरोना संक्रमितको मनोवल बढाउन योग अभियानलाई महत्व दिएर काम गरेकाछन् । कोरोना संक्रमित राखिएको बुटवलको एन्फा आइसोलेसन केन्द्रमा कोरोना संक्रमित भएर केन्द्रमा पुगेका नेकपाका स्थानिय नेता समेत रहेका दीपक पन्थीले पनि सामान जुटाउन समन्वय गरेकाछन ।
आइसोलेसन केन्द्रमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, वडा अध्यक्ष रामचन्द्र क्षेत्री, उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहलगायतका ब्यक्तित्वहरु समय समयमा आयसोलेसन केन्द्रमा पुग्ने गरेकाछन् ।
आइसोलेसनमा बुटवलका रमेशकुमार जोसीले १० हजार बराबरका सामाग्री उपलब्ध गराए । आचार्यका अनुसार बुटवलकै नरेश केसीले १७ हजार बराबरका खाद्य सामाग्री प्रदान गरेका छन । त्यस्तै रोटरी क्लव अफ डाउन टाउनले महिलाहरुको बसाइ सहज बनाउन आवश्यक सामाग्री प्रदान गरेको छ ।
त्यस्तै लायन्स क्लव देउरालीले ३० थान योग म्याट, लायन्स स्टार र लायन्स संसारले १६ थान कुर्ची र १६ डसविन उपलब्ध गराएको छ । लायन्स बेलवास सिर्जनसिलले ४० डिब्बा च्यावनप्रास, रुरु मिलन केन्द्र नेपालले ४० डिब्बका अश्वगन्ध प्रदान गरेको छ ।
त्यस्तै आयुर्वेद औषधी उत्पादक कम्पनी सिद्ध फमुलेशन प्रालिबाट झण्डै एक लाख बराबरको आयुर्वेद्धिक औषधी जन्य सामाग्री वितरण गरिएको थियो ।
त्यस्तै गोर्खा आयुर्वेद प्रालि, जनता आयुर्वेद भवन तथा केयर हर्बल प्रालि, पशुपति अन्नपूर्ण आश्रम प्रदेश ५, जी २५ क्लव बुटवललगायतबाट झण्डै २ लाखका औषधी वितरण गरिएको योगप्रशिक्षक आचार्यले बताए ।