पीसीआरको लागि धेरै दबाब नदिउँ: प्रवक्ता गौतम



Download our app to get more features

काठमाण्डौ, १३ भदौ ।  सरकारले पीसीआर परीक्षणको लागि दबाब नदिन आग्रह गरेको छ ।

पीसीआर परीक्षण महँगो भएको र सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेहरुले मात्रै परीक्षण गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेकाहुन ।

सरकारले आवश्यक ठानेका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्नुपर्ने उनको भनाइ छ । पीसीआर परीक्षण नै कोरोनाको औषधि जस्तो नगर्न तथा शंका लागेका र कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएकाहरु घरमै आइसोलेशनमा बस्दा सबैभन्दा उत्तम हुने प्रवक्ता गौतमले बताए । 

उनले होम आइसोलेशनमा बस्दा आफू मात्रै नभइ अरु व्यक्ति पनि सुरक्षित हुने भएकाले लक्षण नदेखिएकाहरु आइसोलेशन सेन्टर या अस्पतालमा जानु नपर्ने बताए । 

Last modified on 2020-08-29 21:05:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts