चितवनमा खाद्य उद्योगका ३७ कर्मचारी सहित आजै ७७ जनामा काेराेना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, १३ भदाै । चितवनमा एकै वडाका ३७ सहित आजै ७७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । ती मध्ये ४ जना जिल्ला बाहिरका छन् ।

चितवन मेडिकल कलेजको कोभिड प्रयाेगशालामा ६५ जना र भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालाबाट धुलिखेल परीक्षण प्रयोगशालामा पठाईएका नमुना मध्येबाट प्राप्त नतिजामा खैरहनी नगरपालिकाका ९ पुरूष र ३ महिलागरि १२ जना सहित शनिवार साँझसम्म थप ७७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–४ का ३५ जना पुरुष र २ जना महिला सहित ३७ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू शिवशक्ति खाद्य उद्योगमा कार्यररत कर्मचारी रहेकाे बताईएकाे छ । केहिदिन अघि साेहि उद्योगमा कार्यररत १० जनामा संक्रमण पुष्टि भएपछि उनीहरूकाे पनि परीक्षण गरिएकाे थियाे । साेहि नगरपालिकाकाे १० नंम्वर वडाका २९ वर्षीय एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

यसैगरि भरतपुर महानगरपालिकाका विभिन्न वडाकागरि १९ पुरूष र ३ महिलासहित २२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि राप्ती नगरपालिका ८ नंम्वर वडाकी एक जना महिलामा समेत काेराेना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यस्तै जिल्ला बाहिरका पूर्वी नवलपरासी, तनहुँ, रुपन्देही र पाल्पाका समान एक/एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ

Last modified on 2020-08-29 20:17:15

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts