नेशनल मेडिकल कलेजको प्रयोगविहीन भवनलाई बागमति सरकारले आइसोलेसन बनाउने



Download our app to get more features

काठमाडौँ, १३ भदौ । काठमाडौंको घट्टेकुलोस्थित नेसनल मेडिकल अस्पतालको प्रयोगविहीन भवनलाई आइसोलेसन बनाउने बागमति प्रदेशले तयारी थालेको छ । जसअनुसार शनिवार बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहितको टोलीले भवनको निरिक्षण गरेको छ।

मंगलबार नेपाल सरकारका स्वास्थ्य मन्त्रत्री भानुभक्त ढकाल सहित काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा तिन हजार आइसोलेसन बेड तयार गर्ने निर्णय भएको थियो ।

छलफल पश्चात काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि काम सुरु भएको हो ।

उपत्यकामा तत्काल ५ सय बेडको आइसोलेसन केन्द्र संचालनका लागि घट्टेकुलो स्थित काठमाडौँ नेसनल मेडिकल कलेजको सञ्चालन नभएको अस्पताल केहिदिन भित्रमा नै संचालन गर्ने तयारी रहेको छ ।

बागमती प्रदेशका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भएपनि काठमाडौंमा कठिनाई देखिएसंगै बागमती प्रदेश सरकारले तिनै तहका सरकारहरु सँगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि सक्रिय भएको हो ।

काठमाडौं उपत्यकाको भक्तपुर जिल्लामा बागमती प्रदेश सरकारको भक्तपुर खरीपाटीमा आइसोलेसन केन्द्र रहे पनि काठमाडौं र ललितपुर जिल्लाका कुनै पनि स्थानमा आइसोलेसन केन्द्र थिएन ।

निरीक्षण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहित बागमती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल, प्रतिनिधिसभा सदस्य कृष्ण राई , प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल , काठमाडौं महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष कुश ढकाल सहितको टोली थियो ।

काठमाडौंमा कोरोना संक्रमितहरुलाई एकीकृत रुपमा व्यवस्थापनका लागि भाद्र १२ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसंग छलफल गरिएको थियो ।

आवस्यकता परेको अवस्थामा काठमाडौंमा करिव ८ हजार आइसोलेसन बेड उपलव्ध गराउने गरि तयारी गरेको सांसदहरुको सो टोलीले सम्पूर्ण आवस्यक नीतिगत तथा प्राविधिक तयारीका लागि मुख्यमन्त्री पौडेलसंग आग्रह गरेको थियो।

Last modified on 2020-08-29 19:37:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts