बयालपाटा अस्पतालमा कार्यरत थप दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

अछाम, १३ भदौ । अछामको बयालपाटा अस्पतालमा कार्यरत थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

न्याय हेल्थ नेपालद्वारा सञ्चालित अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 
शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ती दुबै जनामा कोरोना संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताए ।

यसअघि डडेलधुरा अस्पतालको प्रयोगशलामा गरिएको परिक्षणमा अस्पतालका १९ जनामा कोरोना संक्रमण देखिएको थियो । 

त्यस अघि २ जना स्वास्थ्यकर्मी र १ जना कर्मचारीमा पनि कोरोना पुष्टी भएको थियो । सबै २२ जना संक्रमित मध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts