टाइफाइड विरुद्ध र एचपीभी खोप कार्यक्रम सुरु गर्ने सरकारको तयारी



Download our app to get more features

काठमाडौं, १३ भदौ । नेपालमा एचपीभी खोप सम्बन्धी कार्यक्रम सरुचारु हुने भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य शाखा तथा खोप शाखाका प्रमुख डा झलक गौतमले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरबाट जोगिने खोप एचपीभी खोप कार्यक्रम सुचारु गर्न लागेको बताए ।

उनले नेपालका अधिकांश महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या देखिने भएकाले त्यस विरुद्धको खोप कार्यक्रम सुचारु गर्ने तयारी भएको बताए ।

डा गौतमले यसका लागि विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन एलायन्ससँग सहकार्यका लागि प्रक्रिया सुरु भइरहेको र नेपालमा एचपीभी खोप कार्यक्रम चाडै सुरु हुने पनि जानकारी गराए ।

यस्तै टाइफइड विरुद्धको खोप कार्यक्रम पनि नेपालमा सुरु हुने उनले बताए ।

डा गौतमले सरकारको नियमित खोप कार्यक्रममा यसलाई समावेश गरी अबको केही वर्षमै एचपीभी र टाइफाइड विरुद्धको खोप सुरु हुने पनि बताए ।

Last modified on 2020-08-29 17:03:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts