नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय नाघ्यो

काठमाडौं, १३ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड १९ सम्बन्धी जानकारी दिँदै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ७ पुगेको बताए ।
मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् । यो संख्या संक्रमित संख्याको शून्य दशमलव ५५ प्रतिशत रहेको छ ।