नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय १३ स्वस्थ



Download our app to get more features

काठमाडौं, १३ भदौ । नेपालमा थप ८ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी थप ८ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न ४० वटा प्रयोगशालामा ११ हजार ५ सय १६ पिसिआर परीक्षण गरिएकोमा ८ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

उनले योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घन्टामा थप ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएको भन्दै डा गौतमले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको पनि बताए ।

यस्तै हाल नेपालभर १६ हजार ५ सय ७८ सक्रिय संक्रमितहरु रहेका छन् भने ८ हजार ३५ जना क्वारेन्टाइनमा रहेका छन् । 

प्रवक्ता डा गौतमले हाल नेपालभर १ सय ७५ जना आईसीयूमा रहेको र २२ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि जानकारी गराए ।

उनले नेपालभर ६ हजार ४ सय ४५ जना होम आइसोलेशनमा रहेको र १० हजार १ सय ४५ जना संस्थागत आइसोलेशनमा रहेको पनि बताए ।

Last modified on 2020-08-29 16:37:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts