राप्ती प्रादेशिक अस्पतालका ९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि



Download our app to get more features

रुपन्देही, १३ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका दूई चिकित्सक र सात जना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुलाई संक्रमन पुष्टि भएको हो । 

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३२ र ३७ बर्षका दुई जना, वडा नम्बर ६ का ३५ र ४१ बर्षका दुई जना, वडा नम्बर ९ का ५६बर्षीय एक जना र वडा नम्बर १९ का ३५ बर्षीय एक जनामा संक्रमन पुष्टि भएको छ ।

त्यस्तै तुलसीपुरबाट स्वाब संकलन गरिएका घोराही १५ का ३२ बर्षका एक जना र चितवन भरतपुर ५ घर भएका २६ बर्षीय अर्का एकजनामा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै शनिवार घोराहीका थप ११ जनामा संक्रमन पुष्टि भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts