पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

ललितपुर, १३ भदौ । पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शुक्रबार राति काठमाडौंकी एक जना र शनिबार बिहान भक्तपुरकी एक गरी दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीया महिलाको शुक्रबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
Last modified on 2020-08-29 12:06:46