न्यून गुणस्तरको भारतीय औषधि फिर्ता गर्न विभागको निर्देशन



Download our app to get more features

काठमाण्डौ, १३ भदौ । औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ ।

एलको एक्स २५० एमजी क्याप्सुल नामको औषधिको गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको देखिएकाले औषधि फिर्ता गर्न र नेपालमा बिक्री वितरणमा रोक लगाउन औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । 

यो औषधि भारतको लेबेन ल्याब्रोटरिजले उत्पादन गरेको हो । यो औषधि भारत फिर्ता गर्न र त्यसको विवरण विभागमा पेस गर्न आयातकर्तालाई विभागले निर्देशन दिएको छ ।

Last modified on 2020-08-29 10:13:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts