कोरोना संक्रमणका कारण मृत्यु हुनेमा मेक्सिको विश्वकै तेस्रो मुलुक



Download our app to get more features

बीबीसी, १३ भदौ । मेक्सिको कोरोना भाइरसका कारण विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक बनेको छ ।

मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दशेमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ५ हजार ८ सय २४ जना नयाँ संक्रमित थपिएको जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा ५ सय ५२ जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमित थपिएसँगै मेक्सिकोमा संक्रमितको संख्या ५ लाख ८५ हजार ७ सय ३८ पुगेको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ हजार ५ सय ९४ पुगेको छ । 

मेक्सिको सरकारका अनुसार संक्रमणको तथ्यांकभन्दा बढी मानिसहरु संक्रमित हुन सक्ने अनुमान गरिएको छ ।
 
कोरोना संक्रमणका कारण मृत्यु हुनेमा मेक्सिको अमेरिका र ब्राजिलपछिको तेस्रो प्रभावित मुलुक हो ।

तर, भारतमा बढ्दो संक्रमण दर र मृत्यु दरलाई हेर्दा अबको केहीदिन मै भारत विश्वकै तेस्रो कोरोना संक्रमणका कारण मृत्यु हुने मुलुक बन्नेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts