'कन्याक्ट ट्रेसिङ्ग' मा परेपछि उपप्रधानसहित विभिन्न मन्त्री आइसोलेसनमा

काठमाडौं, १३ भदौ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएको देखिएपछि उपप्रधानमन्त्री सहित विभिन्न विभागिय मन्त्रीहरु आइसोलेट भएका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा शुक्रवारदेखि होम आइसोलेसनमा बसेका छन् ।
छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भेटिएपछि केही दिनअघि सोही स्थानमा बैठकमा सहभागी भएकाहरु होम आइसोलेसनमा बसेको बताईएको छ ।
यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा बसेका छन् ।
सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो ।
बैठकमा सहभागी एक कर्मचारीमा सङ्क्रमण देखिएपछि उनीहरु आइसोलेट भएका हुन् ।
मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । तर, नतिजा आउन बाँकी छ ।