नेपालमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, १३ भदौ । नेपालमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पर्सा र पाल्पाका गरी दुई जना महिलाको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा लुम्बिनी मेडिकल कलेजमा उपचाररत पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिला रहेकी छिन् । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज भर्ना भएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत रहेको र शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले बताए ।

यसैगरी, वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।

उपचारको क्रममा उनको शुक्रवार साँझ साढे ७ बजेतिर मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए ।

मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts