अब सबै पालिकामा कम्तीमा ५ शय्याको अस्पताल



Download our app to get more features

काठमाण्डौ, १२ भदौ ।  कोरोना भाइरसको सङ्क्रमण र ज्यान गुमाउनेको दर बढ्दै गएपछि सरकारले सङ्घ, प्रदेश र पालिकामा गरी ६ हजारभन्दा बढी शय्या थप गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार दुई सय दुई वटा शय्या थप भएका छन् । केन्द्रीय अस्पतालमा एक हजार, प्रादेशिक अस्पतालमा एक हजार नौ सय ५७ शय्या थप भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । 

यस्तै विभिन्न ६ सय ४९ पालिकामा तीन हजार दुई सय ४५ वटा शय्या थप भएका छन् । अस्पताल नभएका प्रत्येक पालिकामा पाँच वटा बेड थप भएका हुन् । हरेक अस्पतालमा जनशक्तिसहित शय्या थप गरिएको हो । 
यस्तै गरी सरकारले थप तीन वटा अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाण्डौको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts