काठमाडौं उपत्यकामा जोखिम बढ्दै, एकै दिन ४१५ जना  संक्रमित



Download our app to get more features

काठमाण्डौ, १२ भदौ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

शुक्रबार काठमाडौंमा ३ सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। उपत्यकामा एकै दिन कोरोना संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै बढी हो।

आज देशभर ९ सय २७ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३६ हजार ४ सय ५६ पुगेको छ।

Last modified on 2020-08-28 20:28:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts