सबै निजी तथा सामूदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गरिने

काठमाडौं, १२ भदौ । सरकारले निजी तथा सामूदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नीतिगत निर्णय गर्दै देशभरका सबै नीजि तथा सामुदायिक अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेका हुन् ।
पछिल्लो समय नेपालमा बढ्दो कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी स्थानीय तहमा अस्पताल सेवा सुरु गर्नका लागि यो निर्णय गरिएको मन्त्री ढकालले बताए ।
अस्पताल नभएका ६ सय ४९ तहमा ५ शय्याको अस्पतालको सेवा तत्कालै सुरू गर्न पनि मन्त्री ढकालले निर्देशन दिएको उनका पत्रकार सल्लाहकार माधव प्रसाद तिवारीले बताए ।
यस्तै आवश्यक औजार र उपकारण खरिदका लागि शुक्रवार मात्र ६४ करोड निकासा गरिएको छ ।
अस्पालहरुमा तत्कालै कम्तिमा एक जना एमबीबीएस स्तरको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मीलाई खटाइनेछ । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कुन ठाउँमा सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइने निर्णय भएको छ ।