काठमाडौंका १ सय २५ फोटो पत्रकारहरुको पिसिआर संकलन

काठमाडौं, १२ भदौ । काठमाडौंका एक सय २५ जना फोटो पत्रकारहरुको पिसिआर संकलन गरिएको छ ।
विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १ सय २५ जना फोटो पत्रकारहरुको शुक्रवार भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह र फोटो पत्रकार क्लबमा आवद्ध रहेका र विभिन्न सञ्चार गृहमा कार्यरत फोटो पत्रकारहरुको पिसिआर परीक्षण गरिएको हो ।
काठमाडौं उपत्यकामा रहेका विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुलाई कोरोना संक्रमण देखिन थालेपछि उनीहरुको स्वाब संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले बताए ।
Last modified on 2020-08-28 17:30:37