नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय नजिक

काठमाडौं, १२ भदौ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेको बताए ।
मृत्यु हुने महिलाहरुको उमेर ४०? ५६, ६४ र ७१ वर्ष रहेको छ भने पुरुषहरुको उमेर ४५, ५१, ५१, ५२, ५५, ६०, ७२ र ८३ रहेको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।