नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजारभन्दा बढी, २० हजार २ सयभन्दा बढी स्वस्थ



Download our app to get more features

काठमाडौं, १२ भदौ । नेपालमा कोरोना भाइरसका कारण संक्रमितको संख्या ३६ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न ४० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३४ जना महिला र ५ सय ९३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनले यो सँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुुगेको जानकारी गराए ।

यस्तै नेपलामा हालसम्म २० हजार २ सय ४२ जना कोरोना संक्रमणुक्त भएका छन् । 

Last modified on 2020-08-28 16:32:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts