सबै अस्पतालमा कोरोना संक्रमित उपचार हुँदा त्यसले समस्या झन् जटिल हुने:शान्ति समाज



Download our app to get more features

रुपन्देही, १२ भदौ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिले सरकारले सम्पूर्ण अस्पतालहरुमा कोरोना संक्रमित बिरामीहरुलाई उपचार गर्न २० प्रतिशत वेडहरु छुटयाउन निर्देशित दिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

दीर्घरोगी, वृद्घवृद्घा, बालबालिका लगायत अति संवेदनशिल स्वास्थ्य समस्या भएका बिरामीहरुले उपचार गराईरहेका सम्पूर्ण अस्पतालहरुमा कोरोना संक्रमित बिरामी समेत सम्पर्कमा आउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका अन्य बिरामीहरुमा संक्रमण फैलिने जोखिम उच्च हुने समितिले जनाएको छ ।

समितिले विज्ञप्ति जारी गर्दै अदुरदर्शी निर्णयले गर्दा विश्वका केहि देशमा स्थिति अझ भयावह भएको समाचार सञ्चारमाध्यममा आएको र त्यसले स्वास्थ्य व्यवस्थालाई अझ कमजोर दर्शाउने जनाएको छ । 

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समितिका वरिष्ठ उपसभापति गोविन्द खनालद्वारा जारी विज्ञप्तिमा हाललाई देशका ठूला २० प्रतिशत भन्दा बढी अस्पतालहरुसंग समन्वय र सहमति गरेर ति अस्पतालहरुको क्षमता अभिवृद्घि गरि कोरोना संक्रमितहरुका लागि उपचार गर्ने विशेष व्यवस्था गर्नु वैज्ञानिक र व्यवहारिक हुन्छ भनेको छ ।

ती निश्चित अस्पतालहरुमा स्वास्थ सुरक्षा व्यवस्थापन गर्न, स्वास्थ्यकर्मीहरुको सुरक्षा र सुविधा प्रबन्ध मिलाउन पनि धेरै सहज, सरल र प्रभावकारी हुने हुदा यस विषयमा पुनर्विचार गर्न सरकारले ढिलो गर्न नहुने उनले बताए । 

आवस्यकता अनुसार धेरै भन्दा धेरै अस्पतालहरुलाई क्षमता अभिवृद्घि गरि यसरि नै कोरोना विशेष अस्पतालको रुपमा छुट्टै प्रयोगमा ल्याउने योजना बनाउन समेत सरकारलाई आग्रह माग गरिएको छ ।

Last modified on 2020-08-28 14:09:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts