सांसद विनोध चौधरी कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, १२ भदौ । सांसद विनोध चौधरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनले आफ्नो सामाजीक सञ्जाल ट्वीटरमार्फत् आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् ।

उनले ट्वीट गर्दै आफूले गराएको पिसिआरमा कोरोना पोजेटिभ आएको र हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमणका कारण उनले पिसिआर परीक्षण गराएको र कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

नेपालमा उच्चपदस्थ व्यक्तिमा कोरोना देखिने क्रम पछिल्लो समय बढ्दै गएको  छ । 

सांसद चौधरी नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभाका सांसद समेत हुन् । साथै नेपालकै सबैभन्दा ठूलो उद्योगपतिको रुपमा पनि स्थापित छन् ।

Last modified on 2020-08-28 13:38:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts