बुटबलको कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमित पुरुषको मृत्यु

रुपन्देही, १२ भदौ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।
यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समेत समस्या रहेको अस्पतालले जनाएको छ । कोरोना विशेष अस्पतालमा उपचारत तिलोत्तमा वडा नं ८ को मणिग्राम चार का ६० वर्षिय पुरुषको गएराती मृत्यु भएको हो ।
भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको राती साढे २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले वताए । तिलोत्तमाक्षेत्रका २ जना सहित बुटवलमा ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । विहिवार मात्र तिलोत्तमाको जानकी नगरकी ७० वर्षिय महिलाको पनि उपचारको क्रममा मृत्यु भएको थियो ।