चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाकी काेराेना संक्रमित वृद्वाकाे मृत्यु

चितवन, १२ भदाै । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाकी एक जना महिलाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको शुक्रबार विहान मृत्यु भएको अस्पतालले जनाएकाे छ । निमोनिया र दमको बिरामी ती महिलालाई यहीँ भदौं ७ गते श्वासप्रश्वासको समस्या भइ जटिल अवस्थामा चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उता भरतपुर १० स्थित श्री पुष्पाञ्जली हस्पिटल प्रालिमा उपचाररत एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे थियाे । चितवनकाे भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको साेहि अस्पतालकाे सघन उपचार कक्ष (आइसीयू)मा उपचारकै क्रममा शुक्रवार बिहान १० बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे थियाे ।
याे सहित चितवन जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ । त्यसैगरि यहाँ उपचारकाे क्रममा जिल्ला बाहिरका पनि चार जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।