चितवनमा थप एक जना काराेना संक्रमितकाे मृत्यु

चितवन, १२ भदाै । चितवनमा थप एक जना काराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
भरतपुर १० स्थित श्री पुष्पाञ्जली हस्पिटल प्रालिमा उपचाररत एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । चितवनकाे भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको साेहि अस्पतालकाे सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरकाे सहायताले उपचारकै क्रममा शुक्रवार बिहान १० बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
उनकाे भदाै ८ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । काेराेनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब काेराेना परीक्षणकाे लागि पठाइएकाे थियाे । उनीलाई भदाै ५ गते श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएकाे थियाे । अस्पतालका अनुसार उनी लामाे समयदेखि फाेक्साे र दमकाे बिरामी थिए ।
यसअघि चितवनका तिन जना काेराेना संक्रमितकाे मृत्यु भईसकेकाे छ । याे सहित चितवनमा काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ । त्यसैगरि यहाँ उपचारकाे क्रममा कैलालीकाे एक जना पुरूष र हेटाैंडाका एक जना पुरूष र एक जना महिलागरि अहिलेसम्म जिल्ला बाहिरका तीन जनाकाे मृत्यु भईसकेकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।