चितवनमा ४६ नर्स, १३ डाक्टर र अन्य स्वास्थ्यकर्मीसहित ८५ जनामा काेराेना संक्रमण



Download our app to get more features

चितवन, ११ भदाै । चितवनमा अहिलेसम्म ८५ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिएकाे छ । 

बिहीवार बिहानसम्मकाे तथ्याङ्क अनुसार चितवनमा ४६ नर्स, १३ डाक्टर र अन्य स्वास्थ्यकर्मीसहित ८५ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

उनका अनुसार संक्रमित हुनेमा अधिकांश नर्स छन् । ८५ जना स्वास्थ्यकर्मी मध्ये ४६ जना नर्स मात्रै छन् । जुन कुल स्वास्थ्यकर्मी संक्रमितकाे ५४ प्रतिशत हुन आउँछ । संक्रमित हुनेमा १४ जना अस्पतालकाे सरसफाइ र दुई जना प्रशासनमा कार्यरत कर्मचारी समेत छन् ।

जेठ २६ गते साेमवार चितवनमा पहिलो पटक चिकित्सक र नर्समा काेराेना संक्रमण देखिएकाे थियाे । त्यतिबेला दुई जना चिकित्सक र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । त्याे नै चितवनमा स्वास्थ्यकर्मीमा संक्रमण देखिएकाे पहिलो घटना थियाे । त्यसबिचमा चितवनमा कुनै पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएकाे थिएन । अहिले तीन सातायता चितवनमा लगातारजसाे स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिन थालेकाे छ । 

सूचना अधिकारी पाैडेलका अनुसार जिल्लामा संक्रमित हुनेमा महिला भन्दा पुरूष बढी छन् । २ सय ९३ जना पुरूष र १ सय ७८ जना महिलासहित अहिलेसम्म चितवन जिल्ला भित्रका संक्रमतकाे संख्या ४ सय ७१ जना पुगेकाे छ । जसमध्ये १ सय २८ जना निकाे भइसकेका छन् भने ३ सय ४० जना सक्रिय संक्रमित छन् । त्यसमध्ये हाेम क्वारेन्टिनमा रहनेकाे संख्या ८७ जना छ । बाँकी २ सय ५३ जना अस्पतालमा उपचाररत छन् । त्यस्तै अहिलेसम्म चितवनका तिन जना काेराेना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्यसैगरि यहाँ उपचारकाे क्रममा कैलालीकाे एक जना पुरूष र हेटाैंडाका एक जना पुरूष र एक जना महिलागरि अहिलेसम्म जिल्ला बाहिरका पनि तीन जनाकाे मृत्‍यु भईसकेकाे छ । 

बिहीवार बिहानसम्मकाे तथ्याङ्क अनुसार भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा अन्य जिल्लाका समेतगरि १८ हजार पाँच सय नमुनाकाे आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे छ । त्यसमध्ये चितवन जिल्ला भित्रका मात्रै १३ हजार ९ सय दश नमुना परीक्षण गरिएकाे सूचना अधिकारी पाैडेलले जानकारी दिए ।

Last modified on 2020-08-27 21:30:32

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts