सेती अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना संक्रमण

धनगढी, ११ भदौ । सेती प्रादेशिक अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीसहित थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पहिलो पटक साउन १ गते एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएकोमा अहिलेसम्म संक्रमित कर्मचारी र स्वास्थ्यकर्मीको संख्या १२ पुगेको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले संक्रमित मध्ये तीन जना सफाई कर्मचारी र बाँकी स्वास्थ्यकर्मी रहेको जानकारी दिए ।
‘संक्रमण पुष्टि भएका दुई जनाले कोरोना जितेका छन्,’ उनले भने, ‘बाँकी १० जनाको उपचार भईरहेको छ ।’ संक्रमित १२ जनामा ११ जना महिला रहेको र एक जना पुरुष हुन् ।