स्वास्थ्य मन्त्रालयको कोभिड-१९ फोकल पर्सनमा श्रेष्ठ



Download our app to get more features

काठमडौं, ११ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ फोकल पर्सन महेन्द्र श्रेष्ठलाई तोकेको छ ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट स्वास्थ्य मन्त्रालय तानिएका श्रेष्ठलाई मन्त्रीस्तरीय निर्णयबाट कोरोना सम्बन्धी हुने सम्पूर्ण गतिविधि हेर्ने गरी जिम्मेवारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीवार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई  मन्त्रालयको तर्फबाट कोभिड–१९ फोकल पर्सनको रुपमा जिम्मेवारी तोकेको मन्त्री ढकालका पत्रकार संयोजक माधव प्रसाद तिवारीले हाम्रो डाक्टर न्यूजलाई बताए ।

नीति तथा गुणस्तर महाशाखाले हेर्दै आएको कोरोना सम्बन्धीका गतिविधिको विषयमा अब श्रेष्ठलाई रिर्पोटिङ गर्नुपर्ने तिवारीले बताए ।

स्वास्थ्य सेवा विभागबाट श्रेष्ठलाई गत जेठ २२ मा मन्त्रालय तानिएको थियो ।

मन्त्रालय तानिएका श्रेष्ठले सीसीएमसीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Last modified on 2020-08-27 18:05:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts