चितवनमा २५ प्रतिशत कोरोना संक्रमित होम क्वारेन्टाइनमा



Download our app to get more features

चितवन, ११ भदौ । चितवनमा अहिले २५ प्रतिशत कोरोना संक्रमित होम क्वारेन्टाइनमा रहेका छन् ।

चितवनमा बिहीवार दिउँसोसम्म जम्मा ३ सय ४० जना सक्रिय संक्रमित मध्ये होम क्वारेन्टाइनमा रहनेको संख्या ८७ जना रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । जुन सक्रिय संक्रमितको २५ दशमलव ५८ प्रतिशत हुन आउँछ । त्यसमा लक्षणबिहीन वा कम लक्षण भएकाहरू छन् । उनीहरू चिकित्सकको संम्पर्कमा भने रहेका छन् । पौडेलका अनुसार अन्य बाँकी २ सय ५३ जना संक्रमितहरू भने चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

उनका अनुसार भरतपुर अस्पतालमा अहिले ७१ जना संक्रमित उपचाररत छन् । त्यस्तै अहिलेसम्म १ सय १० जना त्यहाँ उपचार पश्चात् निको भएर घर फर्किएका छन् ।

भरतपुरस्थित दुईवटा प्रयोगशालामा बुधवार गरिएको परीक्षणमा चितवनका ४५ सहित अन्य तीन जिल्लाका गरी थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts