नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार नाघ्यो

काठमाडौं, ११ भदौ । नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित एकैदिन फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा नेपालमा थप ११ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालका विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा हालसम्मकै धेरै कोरोना संक्रमित पछिल्लो २४ घन्टामा फेला परेको बताए ।
उनले योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा थप ५ सय ५९ जना कोरोना संक्रमण पछि निको भएको भन्दै डा गौतमले नेपालमा हालसम्म कोरोना संक्रमण पछि निको हुनेको संख्या २० हजार ७३ पुगेको बताए ।
Last modified on 2020-08-27 16:34:25