दार्चुला अस्पतालको एक्स रे मेसिन बिग्रिदा बिरामीको चेकजाँचमा समस्या



Download our app to get more features

दार्चुला, ११ भदौ । जिल्ला अस्पताल दार्चुलाको एक्स रे मेसिनमा समस्या आएपछि बिरामीको चेकजाँचमा समस्या भएको छ । तीन वटा एक्सरे मेसिन रहेको जिल्ला अस्पालमा चैत अन्तिम सातादेखि तीन वटै मेसिनमा समस्या देखिएको हो ।

बन्दाबन्दीको कारण एक्स रे मेसिनको समान देशबाहिरबाट ल्याउन नसक्दा मर्मतमै समस्या भएको जिल्ला अस्पालका रेडियोग्राफर मन्दिल कँुवरले बताए । ‘अहिले एउटा मेसिनले कहिलेकाहि काम गर्छ,’ कुँवरले भने, ‘तर छिट्टै तात्ने र स्पष्ट रिपोर्ट देखाउँदैन् ।’

एक्स रे मेसिनको समान धनगढी र काठमाडौंमा नपाइएको तथा प्राविधिक जनशक्ति उपलब्ध नहुँदा मर्मतमा ढिलाई भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजीतसिह धामीले बताए । ‘हामीले केहि उपकरण धनगढी मर्मतको लागि समेत पठाएका छौं, समान भेटिएको छैन् । समान मगाइरहेका छौं तर बन्दाबन्दीले ल्याउन ढिलाई भइरहेको छ’ उनले भने । 

अहिले दैनिक १५ देखि २० जनाको एक्सरे र अल्ट्रासाउड गर्नुपर्ने तर मेसिन तात्ने समस्याले काम गर्न निकै कठिनाई भएको प्राविधिकको रुपमा सहयोग गर्दै आएका लक्ष्मणदत्त जोशीले बताए । अस्पतालमा नियमित विद्युतको भोल्टेज नपुग्दा पनि मेसिनहरुमा समस्या देखिएको उनले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts