कञ्चनपुरमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु



Download our app to get more features

धनगढी, ११ भदौ । कञ्चनपुरमा उच्च ज्वरो देखिएका चार जनाको मृत्यु भएको छ। जिल्लाको माहाकाली नगरपालिकामा उच्च ज्वरो देखिएका चार जनाको मृत्यु भएको हो।

फरकफरक मितिमा उनीहरुको मृत्यु भएको भएको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। स्वास्थ्य केन्द्रका डाक्टर गगन चौधरीले उनीहरुमा १०४ डिग्री भन्दा बढि ज्वरो देखिएको थियो।

‘स्वास्थ्य केन्द्रमा आएर रेफर भएका चार जनाको मृत्यु भएको छ,’ उनले भने, ‘स्वास्थ्य केन्द्रमै उपचार गरेर फर्किएका थप दुई जनाको पनि मृत्यु भएको खवर आएको छ। तर अहिले नै यकिन भन्न सकिदैन्।’

उनले उच्च ज्वरो कोरोना भाईरसको लक्षण भएपनि अन्य लक्षण भने कोरोना भाईरससंग नमिलेका कारण परीक्षण नगरीएको बताए। आरडिटी परीक्षणमा भने कसैमा पनि संक्रमण नदेखिएको डाक्टर चौधरीले बताए।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार १० दिनभित्र ८ जनामा यस्तो लक्षण देखिएको थियो। त्यसमध्ये एक जनाको अवस्था अझै गम्भीर छ। मृतक सबैको भने अन्त्यष्टि भईसकेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts