प्रदेश अस्पताल सुर्खेतको ओपीडी सेवा एक हप्ताको लागि बन्द



Download our app to get more features

काठमाण्डौ, ११ भदौ ।  प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकको रिपोर्ट कोरोना पोजेटिभ आएपछि एक हप्ताका लागि ओपीडी सेवा बन्द भएको छ । 

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालका निर्देशक डा. डम्बर खड्काले  बताए । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो । 

अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

Last modified on 2020-08-27 09:39:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts