स्वास्थ्य मन्त्रालयका सहसचिव विष्टको ठाउँमा प्रदेश १ का रेग्मी

काठमाडौं, ११ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टको सरुवा भएको छ ।
मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख रहेका विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजीक विकास मन्त्रालयमा सरुवा गरिएको हो ।
सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । सरकारले गरेको सहसचिवको सरुवामा दामोदर रेग्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ ।
रेग्मी प्रदेश १ को प्रदेश सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत छन् ।
Last modified on 2020-08-27 08:20:51